गीता परिवारसँगको मेरो नाता र प्रयास
जीवनको आरोह-अवरोहको गतिसँगै सन् 2019 को डिसेम्बरदेखि शुरु भएको कोरोनाले सन् 2022 को अन्त्यसम्म नेपाल र नेपाली लगायत सबैलाई धेरै आक्रान्त बनायो। सो अवधिमा कतिपयलाई पारिवारिक बिछोडका अति कष्टप्रद मार्मिक क्षणमा पुर्यायो। मलाई भने यो कोरोनाकाल अवसर भएर आयो, जसको फलस्वरूप म यो गीता परिवारमा जोडिन सकें।
https: www.youtube.com live d1qbEtrpTHg?si cI5tggQ0-1ZpRlTH
पृष्ठभूमि
कोरोना शुरु भएपछि घरबाट निस्किएर हिड्ने वातावरण नै थिएन। त्यो बेलामा सबै जना घरभित्रै थुनिएर रहेको अवस्था थियो। सामाजिक सञ्जालको प्रयोग व्यापक रुपमा भएको देखियो। मेरो पनि सेवानिवृत्त जीवन, वृद्ध एवं रोगी मातासँगको बसाई, कसरी समयको सदुपयोग गर्ने भन्ने चिन्ता भइरहेको समयमा फेसबुकमा विभिन्न किसिमका आध्यात्मिक, योगकक्षासम्बन्धी सूचनाहरु आउन थाले। आफु पनि आध्यात्मिक परिवेशमा हुर्किएको हुनाले त्यसप्रति झुकाव नहुने कुरै भएन।
यसैबेला पतंजलि योग समिति, नेपालले जुममार्फत योग शिक्षकको तालिम दिने कुरा आयो। मेरो सहभागिता रहेको सातौं ब्याचको सो प्रशिक्षणमा श्रीमद्भगवद्गीताका केही श्लोकहरुको विवेचन प्रा.डा. गुरुप्रसाद सुवेदीले गराउनुभएको थियो। सम्पूर्ण शास्त्रहरुको सार भएको श्रीमद्भगवद्गीता विभिन्न संस्थाहरु जस्तैः योग चौतारीमा डा. चिद्घन स्वामीजी महाराज र आचार्यश्री सुदर्शन जोशी, युवा नेपाल समितिमा डा. करुणा आर्या, भक्तिपथ फाउन्डेसनमा आचार्यश्री रामु पौडेलले जुमबाट पढाइरहनुभएको र आफूलाई पनि ती कक्षामा सकृयतापूर्वक भाग लिने सौभाग्य प्राप्त भयो।
गीता परिवारमा प्रवेश
यसैबीच सन् 2022 को जुलाई महिनातिर सामाजिक सञ्जालको फेसबुकबाट गीता परिवारले विश्वको सवैभन्दा ठूलो गीता कक्षा, निःशुल्क रुपमा विभिन्न 12 भाषामा वैदिक उच्चारणका साथमा जूमकक्षाबाट पढाइ हुने जानकारी प्राप्त भयो। उत्सुकतापूर्वक मैले पनि फारम भरें र मेरो L1 को कक्षा 1111 व्याच 22 अगस्त 2022 बाट शुरू भयो। उद्घाटन सत्रको मनमोहक दृश्य, आदरणीय पूज्यनीय गुरुदेवहरु स्वामी श्रीगोविन्ददेव गिरीजी महाराज, स्वामी श्रीरामदेवजी महाराज आदिका समीपमा भएको भब्य कार्यक्रम अवर्णनीय रह्यो। अहिले पनि मानसपटलमा साना नानीहरुको गीताजीको अन्ताक्षरी, बालबच्चा (3 वर्ष देखिका) एवं वृध्दवृध्दा (90वर्ष सम्मका) को चरणानुसार/ श्लोकांक अनुसारको मधुर लयमा सुनाइएको श्लोकहरूको कन्ठस्थिकरण आदि पहिलो पटक सुन्न र हेर्न पाएको दृश्य घुमिरहेकै छ।
कक्षाको अनुभव
प्रशिक्षक आदरणीय दिदी श्रीमती लक्ष्मी उपाध्यायबाट मेरो L1 को कक्षा शुरु भयो। एकदमै मृदुभाषी, सरल, नरिसाउने,
नझर्किने, शुद्ध उच्चारण नगरुञ्जेल सिकाइरहने आदि विशेषतासहितको प्रशिक्षक, प्रत्येक अक्षर र शव्दको वर्णन, सुमधुर लय, छोटकरीमा व्याकरणको वर्णन, ह्रस्व-दीर्घमा दिनु पर्ने समयको गति, सामुहिक र ब्यक्तिगत पठन अनुभव गर्दा साँच्चै नै वैज्ञानिक शिक्षणपद्धति रहेको कक्षाको रसास्वादन गर्ने मौका मिल्यो। यसैबीच श्रीविष्णुसहस्रनामस्तोत्रम् को कक्षा प्रमुख प्रशिक्षक आदरणीय दिदी श्रीमती सोनाली कालाजीसँग लिने मौका प्राप्त भयो । यस्तै यहाँबाट संचालित श्री रामरक्षा स्तोत्रम्, हनुमान चालिसा पढाउने शिक्षक पनि सोही गुणका, यसरी हेर्दा मानवलाई साच्चै मानव बनाउने ग्रन्थ यही गीताजी रहेको वहाँहरुको ब्यवहारले देखायो। प्रत्येक सत्रको समापनमा हुने आनन्दोत्सव, प्रत्येक सत्रमा आएका सच्चरित्रवान् प्रशिक्षक, प्राविधिक सहायक, समूह सवन्वयकर्ता, ब्याच समन्वयकर्तासंगको सम्पर्क र सम्बन्ध पनि अविश्मरणीय नै छ। गीताजीको अध्ययन र मननले यस्तो ब्यक्तित्वको विकास हुने जानकारी त्यहिँबाट नै प्राप्त भयो ।यसरी पढदै L1, L2, L3 र L4 को कक्षा समापनमा गइरहेछ।
गीता सेवीमा प्रवेश र प्रयास
यसरी गीता परिवारमा प्रवेश पाएर जुम मार्फत अध्ययन गर्दै जाँदा सोको ब्यवस्थापन कसरी भएको होला, क-कसको भूमिकामा कस्तो काम भएको होला, आफ्नो PRN पाँच लाख भन्दा बढी अंकको भएको तर नेपाली भाषाको कक्षामा सहभागिता न्यून संख्यामा भएको, विश्वमा हिन्दू राष्ट्रको रुपमा चिनिएको नेपाल अधिराज्यबाट खोइ त श्रीमद्भगवद्गीताको अध्ययनमा सहभागिता ? आदि प्रश्नहरुले मेरो मन मस्तिष्कलाई गिजोल्न थाल्यो।
यस्ता प्रश्नहरुको उत्तर खोज्ने क्रममा विस्तारै आफ्नो ग्रुपमा मेसेजहरु आउन थाले। गुरुदेव स्वामी श्रीगोविन्ददेव गिरीजी महाराजको प्रमुखत्वमा डा. आशुजी गोयल भैयाजी, डा. संजयजी मालपाणी भैयाजी लगायतका व्यक्तित्वहरुको ब्यवस्थापनमा बिभिन्न 36 विभाग मार्फत यो संस्थाले गति प्राप्त गरिरहेको आफूले बुझें। संसारमा रहेका नेपालीभाषी ब्यक्तिको सहभागितामा कसरी वृद्धि गर्न सकिन्छ भनेर प्रशिक्षक दिदीसंग ब्यक्तिगत सल्लाह गरें। वहाँबाट प्रचारक, कलिङ् एण्ड वेलकम आदि सेवाबाट सहभागिता वृद्धि गर्न सकिन्छ भन्ने जानकारी प्राप्त भयो। तत्कालीन अवस्थामा हिन्दी र अंग्रेजी भाषामा मात्र प्राप्त सूचना र पठनसामाग्रीहरुलाई कसरी नेपाली भाषामा पनि अनुवाद गरेर प्रसार गर्ने भन्ने अभिलाषाले कुत्कुत्याइरह्यो।
युट्युवमा गीता परिवार नेपालको सर्च गरेर हेर्दा आदरणीय पुजनीय गुरुदेव स्वामी गोविन्ददेव गिरीजी महाराजको प्रमुखत्वमा नेपालमा पनि जयकिसनजी सारडाको अध्यक्षतामा गीता परिवारको पहिलो अन्तर्राष्ट्रिय शाखा स्थापना भएको देखियो। यो हेर्दै जादाँ मेरो मित्र आदरणीय लक्ष्मणजी नेवटिया पनि रहनु भएको सो युट्युवबाट ज्ञात भयो। अब मैले सिधैं वहाँलाई कल गरें। वहाँ आफ्नो पुत्र बिरामी भएकाले सो बेला दिल्लीमा रहेको र थप सेवा र कार्यको लागि अध्यक्षको नंम्बर दिनुभयो। वहाँलाई मैले फोन गरें। वहाँ पनि काम विषेशले कलकत्ता रहेको र नेपाल आएपछि सम्पर्क गर्ने जानकारी दिनुभयो।
वेलकम र माईग्रेसन कलिङ्बाट सेवामा प्रवेश
वृद्ध माताजीलाई छोडेर भौतिक रुपमा कतै जान नमिल्ने र कोरोनाको महामारी कायमै रहेकोले कलिङ, माइग्रेसन, वेलकमको फारम भरेर तालिम लिएँ। करिब 40 बर्षको मेरो नेपाल सरकारको सेवानुभवले पनि मलाई सहयोग नै गर्यो। मोबाइलडाटामा
मासिक प्याक लिएर गीतापरिवारबाट प्राप्त लिस्ट अनुसार कक्षामा जोडिन चाहनेहरुलाई फोन र काउन्सिलिङ गर्दै जोड्न लागें। पहिलो प्रयासमा कम सहभागी जोडिए पनि राम्रो अनुभव प्राप्त भयो।
टिममा रहनुभएका आदरणीय मृदुला दिदी, वेदांग राजन्स भैयाजी, योगीता दिदी आदिको सहयोग अवर्णनीय नै छ। वहाँहरुको सहजीकरणको कारणले जुलाई 2023 को व्याचमा 300 भन्दा वढी र सेप्टेम्बर 2023 को ब्याचमा 400 भन्दा बढी नेपालीभाषी साधक जोड्न सफलता मिल्यो।
नयाँ रजिष्ट्रेशनमा आफु आवद्ध रहेका आध्यात्मिक, धार्मिक एवं सामाजिक संघसंस्थाका व्यक्तित्वलाइ सर्वप्रथम जोड्ने, वहाँमार्फत पनि अरु जोड्ने यस्तै चेन एवं पिरामिड शैलीमा साधकहरुलाई काउन्सेलिङ गर्नु पर्ने, गीता परिवारबाट लिस्टमा प्राप्त ब्यक्ति लगायत वहाँ मार्फत सोही ब्याचमा केही ब्यक्तित्वलाइ तुरुन्तै जोड्न प्रेरित गर्ने, निरन्तर फलोअप गर्ने, सम्बन्ध विस्तार गर्ने र साधक संख्यामा निरन्तर वृध्दि आउने कुरा निर्विवाद देखिएको मेरो अनुभव छ। सत्रको शुरुदेखि आनन्दोत्सवसम्म बेलाबेलामा वहाँहरुको कक्षामा जाने, मोनिटर गर्ने, गाह्रो-साह्रो अप्ठ्यारोमा आफ्नो ठानेर तत्कालै सहजिकरण गरि दिएमा गीताजीको प्रत्यक्ष प्रभाव पर्ने त्यहाँ देखिन्छ र वहाँबाट गीता परिवारमा भविष्यमा सेवा प्रवाह निश्चित रूपले प्राप्त हुने देखियो ।
प्राविधिक सेवा
निश्चित समयसम्म वेलकम एण्ड कलिङको सेवा गरेपछि थप समयको सदुपयोगको लागि प्राविधिक सेवाका लागि फारम भरेर अभिजित भैयाजीबाट तालिम लिएँ। नझर्किइकन, बोलाई बोलाई, नजानुञ्जेल सिकाउने वहाँको कला (बानी) र आफ्नो पूर्व अनुभवले चाँडै यो काम सिकियो। यसमा हाम्रो दिनेशजी पण्डिता भैयाको प्रेममय व्यवहारको पनि उल्लेखनीय भूमिका छ। यसरी प्राप्त तालिमको आफैँले स्वागत गरेका व्यक्तिसामु सदुपयोग गर्दा धेरै आनन्द महसुस भयो। आफ्नो ग्रुपमा आफ्नै भाषामा कन्टेन्ट पनि शेयर गर्दै, अनुवाद गरेर सेयर गर्दै, साधकको दु:खसुखमा तत्कालै साथ दिँदै अघि बढ्दा साधकको संख्यामा वृद्धि गर्न सहयोग भयो नै साथसाथै साधकहरु अगाडिको परीक्षा दिन र सेवा दिन तत्पर रहेको पाईयो। यसरी प्राविधिक सेवालाई पनि निरन्तरता दिइरहेको छु।
अनुवाद र प्रचारकको सेवा
यसैबीच आदरणीय दिदी श्रीमती लक्ष्मी उपाध्यायसंग बिचबिचमा गीताको सेवासम्बन्धी कुराहरु भइरहेको थियो। यसैमा म्यासेजहरु नेपालीमा ट्रान्सलेसन गर्नुपर्यो भन्ने कुरा भयो। यो काममा मेरो सहमतिमा आदरणीय विमलजी जैन भैयाजीलाई हाम्रो अध्यक्ष जयकिशनजी शारडाले भनेर वहाँमार्फत यो ग्रुपमा पनि जोडिएर आदरणीय दृष्टी दिदी, आदरणीय जागृती त्रिवेदी दिदीमार्फत मेसेजहरु अनुवाद गर्ने काम नित्य निरन्तर गरिआईएको छ। यसैगरी नेपालीमा JPEG तयार गर्न हिन्दीको कन्टेन्टलाई नेपालीमा अनुवाद गरी L3 सम्मका JPEG तयार भई प्रयोगमा आइसकेका छन्।
अफलाइन स्टोर, प्रचार प्रसार एवं उपसंहार
यसरी गीता परिवारमा जोडिएर विभिन्न सेवाहरु मैले गरेको जानकारी आदरणीय अध्यक्ष जयकिशनजी सारदा भैयाले थाहा पाउनु भएछ। अहिले सेवाको विषयमा हामी निरन्तर आवश्यक सल्लाह पनि गर्छौं। गीता परिवार नेपालमा पनि उल्लेखनीय


